काठमाण्डाै - जर्मनीलाई हराउँदै इङ्ल्यान्डले महिला युरोकप-२०२२ को उपाधि जितेको छ ।
वेम्बलीमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।
खेलको ६२औँ मिनेटमा इला टोनी गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । ७९औँ मिनेटमा जर्मनीका लिना मागुलले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।
निर्धारित ९० मिनेटकाे समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा इङ्ल्यान्डकी च्लोए केलीले एक गोल गरे सँगै जित इङ्ल्यान्डको पक्...