काठमाडौं । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ को धितोपत्रमा भएको लगानीको बजार मूल्य परल मूल्यभन्दा कम भएको छ ।
फागुन मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य ६० करोड ७२ लाख ४६ हजार रुपैयाँभन्दा बढी छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने ५३ करोड ४१ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ५ करोड ६० लाख इकाई जारी गरेको थियो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य भने माघ मसान्तसम्म ९ रुपैयाँ ८६ पैसा थियो भने फागुन मसान्तसम्म ९ रूपैयाँ ८९ पैसा छ । योजनाको नोक्सानी भने फागुनमा घटेको छ ।
माघ मसान्तसम्म ७८ लाख ९२ हजार नोक्सानीमा रहेको योजना फागुन मसान्तसम्म ६४ लाख ६१ हजार रुपैयाँभन्दा बढी नोक्सानीमा हो । माघ मसान्तसम्म २० लाख ४८ हजार ऋणात्मक अवस्थामा रहेको आम्दानी रकम फागुन मसान्तमा भने सुधारिएर २ लाख २१ हजार आम्दानी भएको छ । गत महीना फण्डको खर्च भने बढेको छ । माघ मसान्तसम्म ५८ लाख ४३ हजार रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले फागुन मसान्तसम्म ६६ लाख ८२ हजार रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्