इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको नयाँ राष्ट्रपतिका रुपमा सपथ खाँदै छन् । गहिरो अमेरिकी प्रतिबन्धको सामना गरिरहेको र आर्थिक सङ्कटमा परेको इरानका लागि आगामी दिन चुनौतिपूर्ण रहेको छ । इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्व शक्ति राष्ट्रहरूबीच २०१५ को आणविक सम्झौता गर्नुभएका मध्यमार्गी राष्ट्रपति हसन रौहानीलाई विस्थापित गर्दै राष्ट्रपतिमा निर्वाचित ६० वर्षीय रायसीले अमेरिकाले एकतर्फी रुपमा फिर्ता लिएको