दक्षिणकाली नगरपालिकाका नवनिर्वाचित मेयर मोहन बस्नेतले जनताको सेवक भएर इमानदारिताका साथ काम गर्ने बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय बबरमहलमा मेयर पदको शपथ ग्रहण पछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले दक्षिणकाली नगरपालिकालाई समृद्ध बनाउने आफ्नो अभियान रहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘म जनताको सेवक, इमानदारिताको साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । दक्षिणकाली नगरपालिकालाई समृद्ध बनाउने अभियानमा म निरन्तर इमानदारिताका साथ काम गर्नेछु भन्ने प्रतिज्ञा गर्छु ।