१० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गरिदेउः एनआरएनए

काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तको प्रतिनिधिमण्डलले आज उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनकुमार पोखरेलसँग भेट गरेको छ।भेटमा अध्यक्ष पन्तले नेपाल विकास कोषमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गर्न आग्रह गरेको एनआरएनएले जनाएको छ।उक्त कोषमा नेपाल सरकारको पनि ५ प्रतिशत लगानी रहने छ। कोषलाई बृहत्तर रुपमा अघि बढाउन सरकारसँगको सहकार्य आवश्यक रहेको उनले बताएका थिए।

सम्बन्धित सामग्री

विकास ऋणपत्रको ब्याजदर नियन्त्रण गर्दै राष्ट्र बैंक

काठमाडौं। बैंक, वित्तीय संस्थाहरूले बढी ब्याजदर माग गरेपछि नेपाल राष्ट्र बैंकले तोकिएको दरभन्दा बढीमा ऋणपत्र विक्री गर्न अस्वीकार गरेको छ । राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको ६ वर्षे अवधिको विकास ऋणपत्रका लागि बोलकबोल गरेको थियो । ऋणपत्रका लागि राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदर तोके पनि बैंकहरूले त्यसभन्दा बढीमा बोलकबोल गरेपछि कम ब्याजदरको आवेदकलाई मात्र विक्री गरेको हो ।  बैंकहरूले २४ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्रका लागि आवेदन गरेका थिए । तर, राष्ट्र बैंकले ‘कट अफ रेट’भन्दा बढीमा विक्री नगर्दा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र बाँडफाँट भएको छ ।  यसअघि भदौ १ गते पनि केन्द्रीय बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा बैंकहरुले उच्च ब्याजदर बोलकबोल गरेपछि केन्द्रीय बैंकले त्यसको बाँडफाँट रद्द गरेको थियो । बैंकहरूले भदौको लागि निक्षेपको ब्याजदर बढाएपछि सरकारी ऋणपत्रको पनि ब्याजदर बढाउन खोजेका थिए । त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले बढी ब्याजदरमा ऋणपत्र विक्री नगरेको राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागका एक अधिकारीले बताए ।  केन्द्रीय बैंकले चालू आर्थिक वर्षको शुरूमा साउन १९ गते र साउन २९ गते १०/१० अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल गरेको थियो । साउन १९ गते जारी भएको ६ वर्षे ऋणपत्रमा ६ दशमलव ५ प्रतिशत ब्याजदर कायम गर्दा ४ अर्ब १६ करोडको मात्र ऋणपत्र बाँडफाँट भएको थियो । यस्तै साउन २९ गते निष्कासन भएको विकास ऋणपत्रमा ७ प्रतिशत ब्याजदर कायम गर्दा ६ खर्ब ९० अर्बको मात्र विक्री भएको थियो ।  गत आर्थिक वर्षमा सरकारले १० दशमलव ९३ प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्दा औसत ब्याजदर ८ दशमलव ६४ प्रतिशत कायम भएको थियो । चालू आर्थिक वर्षमा भने ऋणपत्रको औसत ब्याजदर ६ दशमलव ८८ प्रतिशत मात्र छ । यसैगरी गत वर्ष १२ प्रतिशत नाघेको ट्रेजरीको ब्याजदर चालू आर्थिक वर्षमा ६ प्रतिशत हाराहारीमा रहेको छ । बैंकहरूमा तरलता अवस्था सहज भए पनि ऋण लगानी नगर्दा ब्याजदर घटिरहेको छ ।

ट्रेजरीको ब्याजदर वर्षकै न्यून बिन्दुमा

बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिनको २ अर्ब, ९१ दिनको ८ अर्ब

उत्पादन बढाउन कृषि बजेट ११ अर्ब बढ्यो

रसायानिक मलको सहज आपूर्ति सुनिश्चित गर्न मल खरिदका लागि १५ अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड, संघ, प्रदेश र स्थानीय सकारको सहकार्यमा सञ्चालन हुने कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।...

नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरण होस: एनआरएनए

गैरआवासीय नेपाली संघ(एनआरएनए)का प्रतिनिधि र उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन कुमार पोखरेलसँग भेट गरी नेपाल डेभलप्मेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितताका लागि आग्रह गरेका छन् ।

नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरण होस: एनआरएनए

गैरआवासीय नेपाली संघ(एनआरएनए)का प्रतिनिधि र उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन कुमार पोखरेलसँग भेट गरी नेपाल डेभलप्मेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितताका लागि आग्रह गरेका छन् ।

राष्ट्र बैंकले १० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै

नेपाल राष्ट्र बैंकले तरलता सहज गर्न शुक्रबार दश अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा बजारमा पठाउने भएको छ। राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर प्रत्येक्ष बोलकबोलमार्फत उक्त रकम बैंकिंग प्रणालीमा पठाउन लागेको हो । चालु आर्थिक वर्षमा विभिन्न चार चरणमा गरेर राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत २५ अर्ब २७ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइसकेको छ। राजश्व संकलन गर्दा…