ट्याक्सी व्यवसायमा उपत्यकामा मात्र करीब ६ अर्ब रुपैयाँ लगानी भएको छ । उपत्यकामा सञ्चालनमा रहेका करीब ७ हजार ट्याक्सीमा यो रकम लगानी भएको नेपाल मिटर ट्याक्सी संघले बताएको छ । निजी यात्राका लागि सबैभन्दा छिटो र सहज मानिने ट्याक्सी व्यवसायमा देशभरिमा करीब १० अर्ब रुपैयाँ लगानी भएको अनुमान छ । संघका अनुसार हाल देशभरमा करीब १३ हजार ट्याक्सी सञ्चालनमा छन् । ‘ट्याक्सी व्यवसायले वार्षिक १० अर्ब रुपैयाँसम्मको कारोबार गर्छ’ संघका अध्यक्ष रामबहादुर श्रेष्ठले भने । यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा ७ हजार ६ सय ट्याक्सी दर्ता भए पनि ७ हजार जतिमात्र सञ्चालनमा छन् । पोखरामा करीब ३ हजार ५ सय, चितवन तथा बुटवलमा करीब ५/५ सय ट्याक्सी सञ्चालनमा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ । महासंघका केन्द्रीय सदस्य भरत नेपाल भन्छन्, ‘ट्याक्सी व्यवसायको क्षेत्र अब उपत्यका बाहिर फैलन थालेको छ ।’
वर्ष ६, अंक ५८, बुधवार, १, मंसिर २०६७