बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिनको २ अर्ब, ९१ दिनको ८ अर्ब
काठमाडौं । न्यूजिल्यान्डको अर्थतन्त्र आर्थिक मन्दीमा गएको छ । महँगी नियन्त्रण गर्न त्यहाँको केन्द्रीय बैंकले ब्याजदरलाई बढाएर १४ वर्षकै उत्कर्षमा पुर्याएपछि अर्थतन्त्र मन्दीमा फसेको हो । सन् २०२३ को पहिलो तीन महीनामा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशत खुम्चिएको छ ।
अघिल्लो त्रैमासमा पनि अर्थतन्त्र शून्य दशमलव ७ प्रतिशतले घटेको थियो । कुनै पनि अर्थतन्त्र लगातार दुई त्रैमाससम्म खुम्चियो भने त्यसलाई आर्थिक मन्दी भनिन्छ ।
सन् २०२१ को अक्टोबरयता रिजर्भ बैंक अफ न्यूजिल्यान्डले ब्याजदर बढाउन शुरु गरेको थियो ।
कोरोना भाइरसको महामारीमै ब्याजदर बढाउन शुरु गर्ने न्यूजिल्यान्ड विश्वको पहिलो देश थियो । गएको महीनाको वृद्धिपछि ब्याजदर साढे ५ प्रतिशतमा उक्लिएको छ । कोभिडकै बेलामा न्यूजिल्यान्डमा महँगी थियो । ब्याजदरमा भएको वृद्धिका कारण धितो कर्जाको भुक्तानी महँगो बनेको छ भने अन्य खालको कर्जाको ब्याजदर पनि बढेको छ ।
ब्याजदर बढेपछि पैसा बचाउन स्टार्टअपहरूले धमाधम कर्मचारी निकाल्न थालेका छन् । विश्वभर केन्द्रीय बैंकहरूले मूल्य वृद्धिमाथि अंकुश लगाउन धमाधम ब्याजदर बढाएका थिए । युक्रेनी युद्धका कारण इनधनदेखि खाद्यान्नसम्मको भाउ बढ्दा पनि महँगी चुलिएको थियो ।
पहिलो त्रैमासमा समुद्र आँधि अनि शिक्षकहरूको हड्तालको कारण पनि पहिलो त्रैमासमा न्यूजिल्यान्डको अर्थतन्त्र प्रभावित बनेको थियो । अर्थतन्त्र मन्दीमा गएपछि अब भने न्यूजिल्यान्डको केन्द्रीय बैंकले ब्याजदर बढाउन बन्द गर्ने आशा बढेको छ । एजेन्सी
अर्थ विश्व
सेन्ट्रल बैंक अफ अर्जेन्टिनाले बढ्दो मुद्रास्फीतिको सामना गर्न ६ प्रतिशत ब्याजदर बढाएको छ । योसँगै अर्जेन्टिनाको मुद्रास्फीति ९७ प्रतिशत पुगेको छ । यो ३० वर्षकै सर्वाधिक उच्च हो ।
विश्वका केन्द्रीय बैंकले मुद्रास्फीति...
काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (Fed) ले ब्याजदर बढाएको छ । बैंकले बुधबार सम्पन्न नीतिगत बैठकमा ब्याजदर २५ आधार विन्दुले बढाएको छ । यो गएको १४ महीनामा गरिएको १०औं ब्याजदर वृद्धि थियो । अहिलेको लागि यो अन्तिम ब्याजदर वृद्धि हुने संकेत फेडले गरेको छ ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा प्रमुख ब्याजदर बढेर ५ प्रतिशतदेखि ५ दशमलव २५ प्रतिशतको बीच्मा पुगेको छ । २०२२ को मार्चमा ब्याजदर झन्डै शून्यको स्तर नजिक थियो । उच्च ब्याजदरका कारण कर्जाको लागत बढेको छ । घरजग्गा (Real Estate) जस्ता क्षेत्रमा सुस्ती देखिएको छ । हालैका महीनामा अमेरिकामा क्षेत्रीय स्तरका तीन ओटा बैंकहरू टाट पल्टिए ।
यसको कारण पनि फेडको ब्याजदर वृद्धि नै थियो । अहिलेको लागि आफूहरूले अतिरिक्त ब्याजदर वृद्धिको कल्पना नगरेको फेड अध्यक्ष जेरोम पावेलले भनेका थिए । आगामी आर्थिक तथ्यांकहरूले आफ्नो कदमको अनुसरण गर्ने उनको भनाइ छ । अमेरिकामा महँगी दशकौंयताकै तीव्र दरमा बढ्न थालेपछि फेडले गएको वर्षदेखि आक्रामक रूपमा ब्यादर बढाउन शुरू गरेको थियो ।
विश्वभर बेलायत, यूरोप लगायत कयौं केन्द्रीय बैंकहरूले दशकौंयताकै उत्कर्षमा उक्लिएको महँगीमा अंकुश लगाउन धमाधम ब्याजदर बढाइरहेका छन् । महँगी आकाशिएपछि खपत घटाएर भए पनि माग सुस्त बनाउन बैंकहरूले आक्रामक ब्याजदर वृद्धिको बाटो समातेका थिए । फेडको ब्याजदर वृद्धिको अभियान शुरू भएयता अमेरिकामा मूल्य वृद्धि सुस्ताएको देखिएको छ ।
मार्चमा मुद्रास्फीति दर ५ प्रतिशत थियो । यो झन्डै २ वर्षयताकै न्यून हो । महँगी भने हाल पनि फेडको लक्षित विन्दुभन्दा निकै माथि छ । आक्रामक ब्याजदर वृद्धिलाई खप्न नसकेर अमेरिकामा एकपछि अर्को गर्दै बैंकहरू ढलेर सोको संकट विश्वभर पोखिने चिन्ता मत्थर भइनसकेको अवस्थामा ब्याजदर (interest rates) बढाउन रोक्ने फेडको निर्णय विवेकपूर्ण भएको विश्लेषण गरिएको छ ।
अहिले पनि अर्थतन्त्रमा मन्दीको भय व्याप्तै छ । अहिले नै मुद्रास्फीति (Inflation) विरुद्धको युद्ध समाप्त भइसकेको भने छैन तर बिस्तारै महँगी घट्दै चाहिँ छ । फेडले बुधबार सर्वसम्मतिले ब्याजदर बढाएको थियो । पछिल्लो बैठकमा फेडले ब्याजदर बढाउने अधिकांश अर्थशास्त्री र वित्तीय बजार विश्लेषकहरूको अनुमान थियो । एजेन्सी
काठमाडौं । विकास ऋणपत्रको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा झरेको छ । निक्षेप वृद्धिसँगै बैंक, वित्तीय संस्थामा तरलता सहज भए पनि उनीहरूले कर्जा प्रवाह गर्न नसकेपछि सस्तो ब्याजदरमा सरकारी ऋणपत्रमा लगानी गरेका हुन् । जसको कारण सरकारले सस्तो ब्याजदरमा ऋण उठाउन पाएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवार ७ अर्ब रुपैयाँ बराबरको ५ वर्षे विकास ऋणपत्रका लागि बोलकबोल आह्वान गरेको थियो । जसमा बैंकहरूले न्यूनतम ८ दशमलव ९८ प्रतिशत ब्याजदर ऋणपत्र खरीद गरेका हुन् ।
यसअघि गत साता जारी भएको ५ वर्ष अवधिकै ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रमा बैंकहरूले ९ दशमलव ५ प्रतिशत न्यूनतम ब्याजदर मागेका थिए । मंगलबार कायम भएको ब्याजदर चालू आवकै न्यून हो ।
सरकारले चालू आवमा विकास ऋणपत्रमार्फत ३० अर्ब रुपैयाँ बराबर ऋण उठाएको छ । सोमध्ये गत पुस पहिलो साता जारी गरेको विकास ऋणपत्रको ब्याजदर १० दशमलव ९३ प्रतिशत कामय भएको थियो ।
पछिल्लो समय भने बैंकहरुले बोलकबोलमा ब्याज घटाउँदै लगेका छन् । मंगलवार २८ अर्ब १४ करोड रुपैयाँ बराबरको बोलपत्रका लागि आवेदन परेको थियो । बोलकबोलमा ३२ ओटा बैंक, वित्तीय संस्थाले ११९ ओटा बोलपत्र पेश गरेका थिए ।
तरलता सहज भएपछि अन्तरबैंक औसत ब्याजदर पनि सोमवार ४ दशमलव १४ प्रतिशत कायम भएको छ । अघिल्लो शनिवार अन्तरबैंक ब्याजदर ४ दशमलव शून्य ९ प्रतिशतसम्म झरेको थियो । अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि केन्द्रीय बैंकले १८ महीनापछि रिभर्स रिपोमार्फत बजारबाट तरलता खिचेपछि ब्याजदरमा केही वृद्धि देखिएको छ ।
त्यसपछि भने बैंकहरूले छोटो अवधिको सरकारी ऋणपत्रमा ब्याजदर वृद्धि गरेका छन् । बैंकहरूले ब्याजदर बढाएपछि सोमबार बोलकबोलमा राखिएको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स राष्ट्र बैंक आफैले खरीद गरेको थियो । सोमवार जारी भएका ट्रेजरीमध्ये ९१ दिनको टे«जरीको ब्याजदर वृद्धि भए पनि १८२ र ३६४ दिन अवधिको ब्याजदर घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
काठमाडौं, पुस २६ । बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिनको २ अर्ब, ९१ दिनको ८ अर्ब र ३६४ दिनको ६ अर्ब गरी कुल १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल […]
न्यूयोर्क । तीब्र गतिमा भएको मूल्यवृद्धिका कारण अमेरिकाको केन्द्रीय बैंकले दुई दशकयताकै उच्च ब्याजदर वृद्धिको घोषणा गरेको छ । अमेरिकास्थित फेडरल रिजर्भ बैंकले झण्डै आधा प्रतिशत ब्याजदर बढाएर शून्य दशमलब ७५ प्रतिशत देखि १ प्रतिशत पुर्याएको हो । अमेरिकी मुद्रास्फीति ४० वर्षकै उच्च बिन्दुमा पुगेको छ । अझै थप वृद्धि हुने आंकलन गरिएको छ । […]
The post अमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर कायम, संसारभर यसको असर appeared first on राजधानी राष्ट्रिय दैनिक.
पुस २०, आंकारा । टर्कीमा वार्षिक मुद्रास्फीति दर बढेर १९ वर्षकै उच्च विन्दुमा उक्लिएको छ ।
डिसेम्बरमा महँगी ३६ प्रतिशतभन्दा धेरैले बढेको छ । यातायात, खाद्यान्न र अन्य दैनिक उपभोग्य सामानको भाउ बढ्दा मुद्रास्फीति बढेको हो । विश्वका अधिकांश केन्द्रीय बैकहरुले मुद्रास्फीति क मगर्न ब्याजदर बढाउँछन् । तर टर्कीले उल्टो बाटो समातेको छ ।
राष्ट्रपति तैयप इर्दोगनले मुद्रालाई स्थिर बनाउनुभन्दा निर्यातलाई प्राथमिकता दिंदा लिराको भाउ धराशयी भएको छ । गत वर्ष अमेरिकी डलरको तुलनामा लिराको भाउ ४४ प्रतिशत अवमूल्यन भएको थियो ।
सोमवार मात्रै यसमा अर्को ५ प्रतिशतको कमी आएको छ । लिराको भाउमा आएको कमीका कारण ऊर्जादेखि कच्चा सामानसम्म सबै आयातित सामान महँगो बनेको छ ।
मौद्रिक नीति उल्टिएन भने यो वर्षको बसन्ततिर मुद्रास्फीति बढेर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी अर्थशास्त्रीको छ ।
इर्दोगनले गत वर्ष केन्द्र बैंकको नेतृत्वमा व्यापक हेरफेर गरेका थिए । बैंकले सेप्टेम्बरयता मुद्रास्फीति १९ प्रतिशतबाट घटाएर १४ प्रतिशतमा ल्याएको छ । एजेन्सी