काठमाडौं : सर्लाहीको फूलजोर दुर्घटनाका मृतक चार जनामध्ये २ जनाको पहिचान खुलेको छ। सिन्धुली तीनपाटन गाउँपालिका २ की ३० वर्षीय शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक अन्दाजी २४-२५ वर्षीय सुनिल यादबको सनाखत भएको सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।अर्का मृतक एक महिला र एक पुरुषको पहिचान खुल्न बाँकी रहेको पनि कार्कीले थाहाखबरलाई बताए। वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ख ८५ ५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान सर्लाहीको फूलजोर खोलाको पुलबाट खस्दा ४ जनाको मृत्यु भएको थियो। ३०