चैनपुर : बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ। पहिचान खुलेका ४ जनामा २ महिला र २ पुरुष रहेका छन्।दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। उनका अनुसार अन्य मृतक र घाइतेहरूको पहिचान खुलेको छैन।बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट