बर्दिया - बर्दिया गुलरिया-२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान सुरु भएको छ । मतदान स्थल बाहिर विस्फाेट भएपछि एक घण्टा मतदान राेकिएकाे थियाे ।
बम विस्फोटपछि लाइनमा बसेका मतदाता र कर्मचारी त्रसित भएका थिए । अहिले अवस्था सामान्य भएपछि फेरि मतदान सुरु गरिएकाे बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।
बर्दियाका १ सय ५४ मतदान स्थलका ३ सय ७६ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वीरेन्द्र बहादुर शाहीले जानकारी...