विवाद मिलेपछि स्याङ्जामा मतदान सुरु

स्याङ्जा – विवाद मिलेपछि स्याङ्जा चापाकोटको बोटेटार मतदान केन्द्रमा मतदान सुरु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा भएको विवाद मिले पछि मतदान सुरु भएको हो ।  प्रतिनिधिहरुको सम्बन्धमा सर्वदलीय बैठकमार्फत् सहमति गरिएपछि मतदान सुरु भएको क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो। दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदानमा ढिलाइ भएको थियो । मतदान सुरु भए पछि जिल्लाका १ सय ९९ मतदान स्थलका ३ सय २१ मतदान केन्...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु (तस्विरसहित)

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान सुरु भएको छ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको हो ।बुथमा मोबाइल लैजान दिनेरनदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो। बुथमा मोबाइल लैजान नदिने सहमितपछि मतदान सुरु भएको छ।संसदीय दलको मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले नाम र परिचयपत्र हेरेर मात्रै सांसद तथा आगन्तुकलाई भित्र प्रवेश गर्न दिएको छ भने पत्रकारहरुलाई प्रवेशमा रोक

स्याङ्जा चापाकोटको भानु माविमा रोकिएको मतदान सुरु

स्याङ्जा– राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको स्याङजाको चापाकोट नगरपालिका-१ आँधीचौधेरास्थित भानु माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ । एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायरसमेत गरेको जनाएको छ । सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान […]

स्याङ्जाको चापाकोट १ मा पुन: मतदान सुरु

स्याङ्जा – स्याङ्जाको चापाकोट १ मा रोकिएको मतदान सुरु भएको छ । नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापा र कांग्रेस प्रतिनिधि भरत वस्तीबीच विवाद भएपछि रोकिएको मतदान भर्खरै सुरु भएको हो । कुटपिट गर्नेलाई कारबाही गर्ने तथा पाँच बजे भित्र लाइनमा बस्नेहरुले मतदान गर्न पाउने भएका छन् । अब तीन सय मत मात्रै खस्न बाँकी रहेको पनि स्थानीय पत्रकार गोपि कृष्ण रेग्मीले जानकारी दिनु भयो ।

विवाद पश्चात् १२ बजेबाट मतदान सुरु

पाटन- ललितपुरको बागमति गाउँपालिका वडा नं ६ स्थित आश्राङको भगवती प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ । वडा नं ६ का अध्यक्ष नारायण बमजनका अनुसार हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान गर्न पाउने सहमति भए पनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि मतदान सुरु हुन सकेको थिएन । “विवादपछि एक अर्काले मतदान गर्न […]

पाटनमा साढे १२ बजेदेखि मतदान सुरु

ललितपुर, ४ मंसिर । लतिपुर नगरपालिकाको बागमति गाउँपालिका वडा नं ५ स्थित आश्राङको भगवति प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ । वडा नं ५ का अध्यक्ष नारायण बमजनले हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान दिन पाउने सहमति भए पनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि मतदान सुरु हुन सकेको थिएन । “विवादपछि एकाघरकाले […]

जनकपुरमा विवाद पछि पुनः मतदान सुरु

जनकपुरधाम, मंसिर ४ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न वृद्ध तथा असक्त मतदातालाई सहयोगीका रूपमा घरपरिवारका सदस्य साथमा गएर मतदान गर्ने सहमति विपरीत मत खसालेपछि विवाद उत्पन्न भएको छ । धनुषा जिल्लाको क्षेत्र नम्बर ४ मा पर्ने बटेश्वर गाउँपालिका वडा नं। १ स्थित लक्ष्मी मावि मतदान स्थलमा वृद्ध तथा असक्तलाई राजनीतिक […]

विवादका कारण स्याङ्जाको एक मतदान केन्द्रमा मतदान सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान सुरु हुन सकेको छैन ।  दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदान सुरु हुन नसकेको हो । प्रतिनिधिहरूको सम्बन्धमा सहमतिको प्रयास जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दल तथा स्वतन्त्रका प्रतिनिधिहरू राख्ने विषयमा सहमति नजिक पुगेको र अब छिट्टै मतदान सुरु हुनेछ ।  चापाकोट १० को बोटेटार मतदान केन्द्र बाहेक स्याङ्जाको अन्य ठाउँमा मतदान सुर...

बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु

धनगढी – बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ। गत वैशाख ३० गते भएको निर्वाचन विवाद पछि त्यसलाई रद्द गरिएको थियो। बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बुढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्। निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र […]

रुकुम पूर्वको पुथाउत्तरगङ्गा-२ पेल्मामा मतदान सुरु हुन सकेन

काठमाण्डाै - रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्मामा मतदान सुरु हुन सकेको छैन । हिजो बेलुका नेकपा माओवदी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको विषयलाई लिएर विवाद हुँदा मतदान सुरु हुन नसकेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा मतदान हुन नसकेको हो ।   विवाद मिलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । विवाद भएको ठाउँमा पुग्न सदरमुकामबाट ३ घण्टामा गाडीमा गएर ७–८ घण्टासम्म पै...

कांग्रेस अधिवेशन : प्रदेश-२ मा मतदान सुरु

काठमाण्डाै - कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा मतदान सुरु भएको छ । बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ ।  प्रदेश सभापतिका दुई उम्मेदवारले मत हालेर मतदान सुरु गरिएको हो । हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । विवादका क्रममा कुटाकुटसमेत भए पछि मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा ७२ सदस्यीय कमिटीका लागि १७४ जन...