आन्दोलित हुँदै सहकारीका सञ्चालक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर र मिटरब्याजीको विरोधमा आन्दोलन चलिरहेका बेला अब सहकारीका सञ्चालकले पनि आन्दोलन गर्ने भएका छन् । बचत तथा ऋण सहकारी संस्थाहरू तरलता अभावलगायत समस्यासँग जुधिरहेका बेला सरकारले सहयोग नगरेको भन्दै उनीहरूले छाता संस्था राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा आन्दोलनमा गर्न लागेका हुन् । सहकारी ऐनमा व्यवस्था भएका कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, निक्षेप तथा कर्जा सुरक्षणको व्यवस्था गर्न लामो समयदेखि माग गरे पनि सरकारले बेवास्ता गरेकाले आन्दोलित हुनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । ‘सहकारी अभियानसँग पटक–पटक गरिएको प्रतिबद्धता कार्यान्वयनमा सरकारले ध्यान दिएन । कोठामा गरिएका सहमतिको सुनुवाइ भएन,’ बुधवार महासंघले गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले भनिन्, ‘अब सडकमै गएर आवाज सुनाउन लागेका हौं ।’ महासंघले ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत २० गते काठमाडौं काठमाडौंको माइतीघरमा शक्ति प्रदर्शनको कार्यक्रम तय गरेको छ । त्यसपछि आन्दोलनका थप कार्यक्रम ल्याइने महासंघले बताएको छ । संकटमा पनि विचलित नभईकन सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश दिन तथा अभियानको तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले सडकमा प्रदर्शन तथा कोणसभा गर्न लागिएको उपाध्यक्ष मल्लले बताइन् । सहकारीमा समस्या समाधानमा महासंघले नेतृत्व नलिएको भन्दै सहकारीका सञ्चालकहरूले ‘सहकारी बचाऊ अभियान’को नाममा आन्दोलन घोषणा गरेका थिए । उनीहरूले महासंघमै रिले अनशन शुरू गरेपछि महासंघले आइतवार वरिष्ठ उपाध्यक्ष मल्ललाई आन्दोलन समितिको संयोजनको जिम्मेवारी दिएको थियो । समितिमा सञ्चालकद्वय राजेन्द्र पौडेल र शिव डाँगी सदस्य छन् । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभावको समस्या देखिएसँगै बचत तथा ऋण सहकारीहरूमा पनि तरलता अभाव हुन थालेको थियो । तरलता अभावको अवधि बढ्दै गएपछि कतिपय संस्थाहरू सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । सहकारीका सञ्चालकहरूले सहकारीको समस्या समाधान गर्न सन्दर्भ ब्याजदर खारेजी, तरलता व्यवस्थापनका लागि राज्यकोषबाट सहयोग, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना, ऋणी तथा जमानीको चलअचल सम्पत्ति संस्थाको परिपत्रमार्फत रोक्का गर्न सकिने व्यवस्था, बचतको सीमा २५ लाख तोक्ने प्रावधान खारेजी हुनुपर्ने माग राखिएका छन् । यस्तै त्रासमुक्त भएर संस्था सञ्चालन हुने वातावरण सृजना, ब्याजकर दाखिला गर्ने समय १ वर्ष थप, २ वर्षको कुलिङ पिरियड, नियमनका लागि सेकेण्ड टायर इन्स्टिच्युसन, सहकारीमा विश्वासको वातावरण बनाउन सरकार र अभियानको स्पष्ट पहल हुनुपर्नेलगायत माग छन् । आफ्ना मागहरूप्रति सरकारको ध्यान नगएकाले सडक आन्दोलन गर्न बाध्य हुनुपरेको उपाध्यक्ष मल्लको भनाइ छ । सरकारले माग पूरा नगरेसम्म आन्दोलन नरोकिने उनले बताइन् । कोभिड–१९ को महामारी, रुस–युक्रेन संकट र आर्थिक मन्दीका कारण सहकारी समस्या आएको मल्लले दाबी गरिन् । ‘सञ्चालक र सहकारीकर्मीको कारणले मात्र सहकारीमा समस्या आएको होइन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सहकारी डुब्नुमा सहकारीकर्मीको मात्र कमजोरी छैन । समग्र आर्थिक क्षेत्रमा सल्किएको आगोले समस्या पारेको हो ।’ नेपालमा २०१३ चैत २० गते चितवनको बखानपुरमा बखान ऋण समिति स्थापना भएको सम्झना गर्दै हरेक वर्षको चैत २० गते सहकारी दिवस मनाइन्छ ।

सम्बन्धित सामग्री

चितवनका किसान फेरि आन्दोलित

काठमाडौं । चितवनका किसानले राजमार्गमा तरकारी फालेर गरिएको आन्दोलनको सुनुवाइ नभएको भन्दै शुक्रबार दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । किसानका माग सम्बोधन गर्न दवावका लागि कृषि औजार सहित सडकमा आएर प्रदर्शन गरिएको छ । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा कृषि औजारसहित भेला भएका किसान जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबिसकोठी हुँदै नारायणगढको […]

काठमाडौं महानगरविरुद्ध व्यवसायी आन्दोलित

काठमाडौं : काठमाडौं महानगरपालिकाका  विरुद्धमा  फुटपाथ व्यवसायीले आन्दोलन गर्ने भएका छन्।  बिहीबार  जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्न लागेका हन्।संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने कार्यक्रम तय भएको छ। महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विनासूचना निर्मम ढंगले लखेट्न खोजेक

अलपत्र सडक नागरिक दबाबमा निर्माण हुँदै

दोलखा-दुई वर्षमा बन्नुपर्ने सडक सात वर्षसम्म नबनेपछि नागरिकहरू सडकको काम चाँडो गर्न माग गर्न सडकमा उत्रिए । लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट खण्ड ठेक्का लगाएर वर्षौंदेखि अलपत्र भएपछि स्थानीय नागरिक पटक पटक आन्दोलित हुँदै पक्राउसमेत भए । त्यही सडक पाँच महिना यता कामले तीव्रता पाउँदा अहिले अन्तिम चरणमा पुगेको छ ।अलपत्र […]

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले भौतिक रूपमै आन्दोलन चर्काउने

बारले १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गरि आन्दोलित हुँदै आएको छ ।

टिपरका कारण विद्यालय आवात जावतमा समस्या, शिक्षक-विद्यार्थी आन्दोलित

काभ्रे, मंसिर ५ । टिपरका कारण विद्यालय आवात जावतमा समस्या भएको भन्दै काभ्रेको पनौतीका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् । पनौतीको मुख्य राजमार्ग हुँदै अत्याधिक मात्रामा टिपर गुड्ने गति तीव्र भएका कारण दुर्घटना बढेको उनीहरुको भनाई छ । टिपरका कारण सो क्षेत्रमा पछिल्लो समय दुर्घटना समेत बढेका छन् । विद्यनलय समयमा टिपरका लागि वैकल्पिक बाटोको […]

आज पनि सर्वोच्च अदालत अगाडि वकिलहरूको प्रदर्शन, २० जना पक्राउ

प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ ।  धर्नाका क्रममा २० जना पक्राउ परेका छन् । सर्वोच्च अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनमा रमिता हेरिरहेकाहरुलाई समेत नियन्त्रण लिएको बताइएपनि प्रहरीले पक्राउ पर्ने सबै आन्दोलनकारी भएको दाबी गरेको छ ।  प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले केही दिनयता सर्वोच्च अदालतको गेटमा धर

पतञ्जली आयुर्वेद कलेजले पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

काभ्रे : धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित भएका छन्। ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो वर्षको भौतिक र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ गत साउन १० देखि रोकिएपछि आन्दोलित भएका हुन्।कजेजमा चौथो वर्षमा अध्ययनरत रुपेश ठाकुरले अध्ययन–अध्यापन सञ्चालन गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणसहित कलेजको केन्द्रीय कार्यालयमा धर्ना दिएको बताए।उनले

सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग गर्दै दबाब समूह गठन

सिराहाको मिर्चयादेखि उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। वषौंदेखि जिर्ण सडकमा पटकपटक दुर्घटना हुँदा धेरै धनजनको क्षति भएको भन्दै सडक स्तरोन्नति तत्काल...

देश आन्दोलित र अस्थिर हुँदै गएको भन्दै लोहनीद्वारा चिन्ता व्यक्त

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आन्दोलित र अस्थिर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विद्यमान समस्या समाधान गर्न गोलमेच सम्मेलन र संवाद आवश्यक भएको उनले बताएका छन् । ‘देश आन्दोलित र अस्थिर बन्दैछ । यो स्थितिप्रति राप्रपा चिन्तित छ । यो किन भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुदै गएको छ,’ राप्रपा अध्यक्ष लोहनीले भने । ‘यस परिवेशमा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव सहितको हिन्दु...

आंशिक प्राध्यापकहरूको चित्त दुखाउने त्यो शब्द…

१५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक प्राध्यापकहरू विभिन्न माग राख्दै आन्दोलित छन् । २०६२ सालदेखि सुरु भएको आंशिक प्राध्यापकहरूको आन्दोलनको सिलसिला तोड्ने अनेकौं प्रयास भए पनि अहिलेसम्म ती सबै प्रयास असफल हुँदै आएका छन् । आंशिक प्राध्यापक संघका माग पूरा गर्नको लागि पटकपटक सहमति पनि भए । तर ती कुनै पनि सहमति कार्यान्वयन […]