दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आन्दोलित र अस्थिर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विद्यमान समस्या समाधान गर्न गोलमेच सम्मेलन र संवाद आवश्यक भएको उनले बताएका छन् ।
‘देश आन्दोलित र अस्थिर बन्दैछ । यो स्थितिप्रति राप्रपा चिन्तित छ । यो किन भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुदै गएको छ,’ राप्रपा अध्यक्ष लोहनीले भने ।
‘यस परिवेशमा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव सहितको हिन्दु...