चितवनका किसान फेरि आन्दोलित

काठमाडौं । चितवनका किसानले राजमार्गमा तरकारी फालेर गरिएको आन्दोलनको सुनुवाइ नभएको भन्दै शुक्रबार दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । किसानका माग सम्बोधन गर्न दवावका लागि कृषि औजार सहित सडकमा आएर प्रदर्शन गरिएको छ । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा कृषि औजारसहित भेला भएका किसान जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबिसकोठी हुँदै नारायणगढको […]

सम्बन्धित सामग्री

चितवनका किसान पुन: आन्दोलित

चितवन । चितवनका किसानले कालो बेलुन उडाएर पुन: आन्दोलन शुरू गरेका छन् । गत माघ २० गते राजमार्गमा तरकारी फालेर आन्दोलन गरे पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले शुक्रवार दोस्रो चरणको आन्दोलन शुरू गरेका हुन् । किसान निरन्तर आन्दोलित छन् भन्ने सन्देश दिन कालो बेलुन उडाएर प्रदर्शन गरिएको किसान संघर्ष समिति चितवनका संयोजक लेखनाथ भुसालले जानकारी दिए । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा प्ले कार्डसहित भेला भएका किसानहरू जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबीसकोठी हुँदै नारायणगढको पुल्चोक पुगेका थिए । उनीहरूले राजमार्गमा ट्र्याक्टरसहित प्रदर्शन गरेका थिए । आफूहरूको माग सम्बोधन गर्ने आश्वासन धेरै आए पनि कार्यान्वयन नभएकाले विभिन्न स्वरूपमा आन्दोलन जारी राखिएको उनीहरूको भनाइ छ । प्रदर्शनमा उनीहरूले आयातित तरकारी रोक्नुपर्ने, स्वदेशी उत्पादनको सही मूल्य तथा उचित व्यवस्थापन गर्नुपर्ने, समयमै मल बीउ उपलब्ध गर्नुपर्ने लगायत माग राख्दै किसानमैत्री नीति लागू गरिनुपर्नेमा जोड दिएका थिए । किसानले ‘बारीमा जाऊँ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन, नेता सधैं हरिप, जनता सधैं गरीब, विदेशी उत्पादन बहिष्कार गरौं, स्वदेशी उत्पादन प्रोत्साहन गरौं, कृषि क्रान्ति जारी छ’ लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । आफ्ना माग सम्बोधन नभए आगामी दिनमा थप सशक्त ढंगले आन्दोलन गरिने प्रदर्शनमा सहभागी किसान सुमन सुवेदीले बताए । तरकारी फालेर गरिएको प्रदर्शन शोभनीय नदेखिएकाले विरोधको प्रतीकस्वरूप कालो बेलुन उडाएको उनको भनाइ छ ।