भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८० प्रतिशत सकिएको छ । २०७२ वैशाख १२ को भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा पार्क निर्माण भएको हो । स्मृति स्तम्भमा रहने मण्डलाको काम पनि अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का इन्जिनियर केदार थापाले बताए ।