राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिने गरी कानून निर्माण गरिरहेको बताएका छन् ।
बिहीवार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना गरेको परीक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानून निर्माण गरिरहेको बताए ।
ऐनमा व्यवस्था नभई सबै कुराहरू प्रदेश सरकारलाई दिन कानूनतः अप्ठ्यारो भएको उल्लेख गर्दै उनले सरकारले प्रदेशलाई अधिकार दिने कानून पारित गरे प्रदेश सरकारले नै एसईईको परीक्षा लिने बताए । अध्यक्ष शर्माले ...