एसइई प्रश्नपत्र प्रतिकेजी १७ रुपैयाँमा बेच्दै राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालमा छापिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)काे प्रश्नपत्र प्रतिकेजीकाे दरमा बिक्री गरेको छ। बोर्डले प्रयोगमा नआएका प्रश्नपत्र विराटनगरको एक कागज उद्योगलाई दिएको हो।बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले प्रश्नपत्र बिक्रीका लागि टेन्डर भइसकेको जानकारी दिए। उनले भने, ‘प्रश्नपत्रको टेण्डर भइसकेको छ, प्रतिकेजी १७ रुपैयाँमा लाने सहमति भएको छ।’एसइई परीक्षाका लागि करिब पाँच लाख प्रश्नपत्र छापिएको थियो। तर,

सम्बन्धित सामग्री

एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। ‘असारको तेस्रो साताभित्र नतिजा…

कक्षा ९–१२ को रजिष्ट्रेशन एउटै बनाउँदै राष्ट्रिय परीक्षा बोर्ड

चालु शैक्षिक सत्रदेखि नै कार्यन्वयन हुने गरी बोर्डले कक्षा ९ मा विद्यार्थीले रजिष्ट्रेशन गरिसकेपछि विद्यालय तहको अन्तिम शिक्षा १२ सम्म कायम गरिने बोर्डको तयारी भइरहेको छ।...

नीलकण्ठ माविका अनिसराज प्रजापति एसइईमा धादिङकै उत्कृष्ट

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशित गरेको नतिजा अनुसार प्रजापतिले ३.९५ जिपिए ल्याएका छन्।...

एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने, यस्तो छ तरिका

एसईईका विद्यार्थीले अब एसएमएसबाटै आफ्नो नतिजा थाहा पाउन सक्ने भएका छन् । यसका लागि राष्ट्रिय परीक्षा बोर्ड र स्प्यारो एसएमएसबीच सम्झौता भएको छ । अबको केही दिनमै राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्दैछ । यो सम्झौतासँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै एसएमएसमार्फत एसईईको नतिजा हेर्न सक्नेछन् । विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी...

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । यसअघि बिहान ११ देखि अपराह्न २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको थियो । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको …

कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन, बिहान ८ बजेदेखि सुरु हुने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समयतालिकामा केही फेरबदल गरेको छ।    बोर्डले आइतबार सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२...

राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर

राष्ट्रिय वाणिज्य बैंक र परीक्षा बोर्डबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्ड बीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवा अवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर ...

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा ‘सेटिङ’

२५ असोज, विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरमा कक्षा १२ को उत्तरपुस्तिका जाँच गर्दा मिलेमतो गरेको खुलेपछि विवाद भएको छ । बोर्डले उत्तरपुस्तिका जाँच गर्दा सम्बन्धित स्कुलका शिक्षकलाई नदिने नियम बनाएको छ । तर निजी विद्यालयका शिक्षकलाई आफ्नै स्कुलका विद्यार्थीको कपी जाँच गर्न दिएपछि विवाद भएको हो । राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार […]