काठमाडौ : शिक्षा (आठौं संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आएसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड बनेको छ।साबिकको परिषदबाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति, विद्यालय संचालन सम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्यक्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र निर्धारण भएका छन्।कक्षा-१० (एसइई) को परीक्षा एवं कक्षा ११ र १२ को परीक्षा सम्बन्धी कार्यहरू बोर्डको क्षेत