काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा आगामी दशौँ महाधिवेशन तथा माधव नेपाल पक्षीय नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने बताइएको छ।यसअघि मंगलबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले नेपाल पक्षीय नेताहरुलाई अन्तिम पटक स्पष्टीकरणको अवसर दिएको थियो। जसमध्ये हिजो साँझसम्म माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले स्पष्टीकरणको जवाफ पठाइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टरा