काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको छ।एमालेका कुनै पनि नेताले बाहिरिने क्रममा प्रतिक्रिया दिएनन्। दुवै पार्टीका शीर्ष नेताहरूले पछिल्लो राजनीतिक परिस्थितिको समिक्षा पनि बिना निष्कर्ष टुंगिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसिसी सम्झौता अधिकतम सहमतिमा पारित गर्न प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षी दलको नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले