सल्यान : बसमा करेन्ट लागेर मृत्यु भएका दुईजनाको सनाखत भएको छ। मृत्यु हुनेमा सल्यान कुमाख गाउँपालिका १ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी रहेका छन्।उनीहरूको रुकुम पश्चिमस्थित चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।घटनामा अन्य १५ जना घाइते भएका छन्। घाइते हुनेहरूमा कुमाख गाउँपालिका ४ का १६ वर्षीय विनोद बुढा, वडा नं. १ का १६ वर्षीय विनोद बुढा, १३ वर्षीय महेन्द्र रावत, वडा नं. ४ का १६ वर्षीय निखिल विक, १५ वर्षीय लीलामणि