हेटौंडा : मकवानपुरका विद्यार्थी नेता गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ। हेटौंडा–१७ का २५ वर्षीय अधिकारीको करेन्ट लागेर मृत्यु भएको हो। गाउँमा सडक विस्तारको क्रममा घरको विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए।घर अगाडीको पोलमा विद्युतीय तार मिलाउन चढेका उनलाई करेन्ट लागेको हो। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।नेकपा (माओवादी केन्द्र)&n