धनकुटा – पाख्रीबास नगरपालिका–३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई स्थानीयले उपलब्ध गराएको जग्गाको मुआब्जा पाएका छैनन् ।
पीडितहरुले पत्रकार सम्मेलन गर्दै आफूहरुले चार वर्ष बितिसक्दा पनि मुआब्जा नपाएको बताएका हुन् । कृषि क्याम्पसको मुआब्जा नपाउनेहरुमा पाख्रीबास नगरपालिका वडा नं. ३ का टायल बहादुर बस्नेतको २४ रोपनी, कृष्ण मोक्तानको ७ रोपनी, जितबहादुर राईको ५ रोपनी, गणेश बस्नेतको २ रोपनी, पवन चौङ्वाङको डेढ रोपनी, गणेश पौडेलको १ रोपनी, मीना पौडेलको १ रोपनी ३ आना र उमा कटुवालको १ रोपनी गरी ८ ...