बागवानी बालीका चुनौती र अवसरबारेमा कृषि वैज्ञानिक छलफलमा

दक्षिण/दक्षिणपूर्वी एशिया क्षेत्रमा तरकारी र फलफूलका विधागत चुनौती तथा सम्भावित अवसरका बारेमा कृषि वैज्ञानिक एवं अनुसन्धानकर्ताले छलफल गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय र फरवार्ड नेपालको संयुक्त आयोजनामा ललितपुरमा तीनदिन चलेको गोष्ठीमा बागवानी बाली विशेषतः तरकारी र फलफूलको अनुसन्धानका लागि प्राथमिकतामा राख्नुपर्ने क्षेत्र पहिचान गरिएको थियो । सहभागीले दक्षिण एसियाली मुलुकमा बागवानी क्षेत्रका प्रमुख अवसर औँल्याउँदै ती अवसरलाई मूर्त बनाउन र नेपालमा बागवानी क्षेत्रको विकास गर्न नेप