कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गरिएको छ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधबार प्रयोगशालाको शिलान्यास गरेका हुन् ।सो अवसरमा उनले उच्चस्तरको (हाइटेक लेभल) प्रयोगशाला निर्माण हुनु अध्ययन, अनुसन्धानका लागि मात्र नभई कोभिड–१९ जस्तै महामारीका लागि गरिएको पूर्वतयारी भएको बताए । काठमाडौँ उपत्यका बाहिर पहिलोपटक रामपुरमा बन्न लागेको यो प्रयोगशालाले विश्वविद्यालयको हैसियत र क्षमता वृद्धि गर्ने उहाँको भना