पर्सामा माघ महिनाभर सभा सम्मेलन गर्न रोक

५ माघ, वीरगञ्ज। पर्सामा माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने कार्यक्रममा रोक लगाइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नेपालमासमेत बढ्दै गएको सन्दर्भमा रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यस्तो आदेश […]

सम्बन्धित सामग्री

मोरङमा प्रदर्शन र सभा–सम्मेलन गर्न रोक

मोरङमा प्रशासनले कुनै पनि प्रदर्शन र सभा–सम्मेलन गर्न रोक लगाएको छ । साम्प्रदायिक सद्भावलाई कायम राख्न

उपत्यकामा सभा सम्मेलन गर्न नपाईने, हेर्नुहोस् ३ जिल्लाको आदेश

काठमाडौँ उपत्यकामा आज मध्यरातदेखि लागू हुने गरी राजनीतिक दलका भेला र मेला महोत्सव गर्न रोक लगाइएको छ ।उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म सभा सम्मेलन र राजनीतिक भेला गर्न नदिने निर्णय गरेको हो । यदि यस्ता कार्यक्रम गर्नै परे प्रशासनको अनुमति लिनुपर्ने छ । सीडीओहरुको बैठकले माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठनमा रोक लगाउने निर्णय पनि गरेको छ । बैठकले जिल्ला स्वास्थ्य कार्यालयहरुले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउने तालिका तत्काल बनाउन पनि आदेश दिने निर्णय गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि अनिवार्य खोप कार्डको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

उपत्यकामा सभा सम्मेलन गर्न रोक, यस्तो छ तीन जिल्ला प्रशासनको आदेश

काठमाडौं । कोभिड संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीन सीडीओहरुको बैठकले मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेका हुन् । सभा सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ । माघ १५ गतेसम्म […]

सभा, मेला पर्वमा रोक नलगाएको प्रशासनको स्पष्टोक्ति

नेपाल समाचारपत्र, काठमाडौं । गृह मन्त्रालयको चासोपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा, पर्व गर्न रोक नलगाएको स्पष्ट पारेको छ । कार्यालयले सभा, सम्मेलन र जात्रा पर्व गर्न रोक लगाएको भन्ने सार्वजनिक वृत्तमा चर्चा परिचर्चापछि कार्यालयले सो कुरो स्पष्ट पारेको हो । जिल्ला प्रशासन कार्यालयले २०७८/०६/१४ गतेदेखि लागु हुने गरी […]

एमालेको आरोप : सभा सम्मेलन रोक्ने प्रशासनको निर्णय राजनीति प्रेरित !

काठमाडौं : नेकपा एमालेले काठमाडौं उपत्यकाभित्र सभा, जुलुस रोक्ने निर्णय 'राजनीतिक' भएको आरोप लगाएको छ। एमालेले आफ्नाे विधान महाधिवेशनको पूर्वसन्ध्यामा उपत्यकाभित्र सभा सम्मेलन रोक्ने निर्णय राजनीतिप्रेरित भएको आरोप लगाएको हो। एमाले विधान महाधिवेशन मूल आयोजक समितिको संयोजक रामबहादुर थापा बादलले भने, ‘कोरोनालाई मध्यनजर गरेर उहाँहरूले स्वास्थ्य मापदण्डको ख्याल गरेर सभा, जुलुस, जमघट गर्न रोक लगाइएको होला। तर, हामीले महाधिवेशनमा स्वास्थ्यका सबै मापदण्ड पूरा गरेका छौँ।’&n

तनहुँमा निषेधाज्ञा थप

अझै पनि जिल्लामा जोखिम कायमै रहेकाले भौतिक रूपमा उपस्थित भइ गरिने सभा, सम्मेलन, जात्रा तथा महोत्सव सञ्चालन गर्न प्रसासनले रोक लगाएको छ ।

सभा,सम्मेलन, डान्सबार र भोजभतेर सञ्चालन गर्न रोक

काठमाडौं उपत्यकामा पसल लगायत केही क्षेत्रमा निषेधाज्ञा खुकुलो पारिएता पनि अझै विभिन्न पेसा व्यावसाय सञ्चालन गर्न रोक लगाइएको छ । सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शक सहितको खेलकुद र मानिसकोहरुको भिडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ । यसै गरि जारी निषेधाज्ञामा खुला स्थानमा मानिसहरु भेला, जम्मा हुँन, भिडभाड गर्न सभा, जुलुस, जात्रा महोत्सव, भोजभतेर आदि गर्न गराउन नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञिप्त जारी गर्दै जानकारी दिएको हो । फुटपाथ तथा खुल्ला ठाउँमा सञ्चालन हुने विभिन्न व्यापार व्यावसाय सञ्चालनमा रोक लगाइएको छ ।

के-केमा लगाइयो रोक ?

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै गएपछि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ ।काठमाडौंमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ । बैशाख १६ गतेदेखि एक सातासम्म निजी र सार्वजनिक सावरी दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ । यस्तै सार्वजनिक एवं निजी

महामारीलाई गिज्याउने भीडमा मन्त्री नै अतिथि !

८ वैशाख, चितवन । कोरोना संक्रमण बढेपछि सरकारले शहरी क्षेत्रका स्कूलहरु बन्द गराएको छ भने सभा–सम्मेलन, जात्रालगायत भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । मन्त्रिपरिषदले सोमबार गरेको निर्णयमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा पनि वैशाख मसान्तसम्म नित्य पूजा मात्र गर्ने/गराउने उल्लेख छ । तर प्रधानमन्त्री र मन्त्रीहरु नै मन्त्रिपरिषद्को निर्णय उल्लंघनमा अग्रसर देखिएका छन् […]

काठमाडौंमा सभा गोष्ठी रोक

काठमाडौं, ८ वैशाख । काठमाडौमा सभा सम्मेलन, गोष्ठीलगायत कार्यक्रममा रोक लगाइएको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक रुपमा उपस्थित भएर सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक लगाएको हो । जिप्रका काठमाडौंको आज जारी सूचनामा तालिम तथा प्रशिक्षणहरु सञ्चालनमा पनि रोक लगाइएको उल्लेख छ ।