काठमाडौं उपत्यकामा पसल लगायत केही क्षेत्रमा निषेधाज्ञा खुकुलो पारिएता पनि अझै विभिन्न पेसा व्यावसाय सञ्चालन गर्न रोक लगाइएको छ ।
सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शक सहितको खेलकुद र मानिसकोहरुको भिडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।
यसै गरि जारी निषेधाज्ञामा खुला स्थानमा मानिसहरु भेला, जम्मा हुँन, भिडभाड गर्न सभा, जुलुस, जात्रा महोत्सव, भोजभतेर आदि गर्न गराउन नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञिप्त जारी गर्दै जानकारी दिएको हो ।
फुटपाथ तथा खुल्ला ठाउँमा सञ्चालन हुने विभिन्न व्यापार व्यावसाय सञ्चालनमा रोक लगाइएको छ ।