जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डा.बाबुराम भट्टराई पक्षसँग सहकार्य गर्ने चर्चा खुबै चलेको थियो । तर अहिले लोसपाले पनि महत्व दिन छाडेको छ । लोसपाका नेताहरुले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि विश्वास गर्न नसकिने बरु बाबुराम भट्टराईसँग एकता वा सहकार्य गर्न सकिने अभिव्यक्ति दिँदै आएका थिए । पार्टी एकता गर्ने विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र बाबुराम भट्टराईबीच एकपटक छलफल पनि भएको थियो ।त्यतिबेला बाबुरामसँग एकता गर्न लोसपा निकै उत्साहित थियो