७१ वटा अस्पतालमा हुन्छ ८ प्रकारका कडा रोगको निशुल्क उपचार

काठमाडौं : सरकारले विपन्न नागरिकलाई ८ प्रकारका रोगको उपचारको लागि देशभरको ७१ वटा अस्पतालहरुलाई स्वीकृत दिएको छ। यसअघि ६८ वटा अस्पताललाई मात्र स्वीकृति दिएकोमा हालै बढाएर ७१ पुर्‍याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको विपन्न नागरिक उपचार कोष व्यवस्थापन शाखाले जनाएको छ। सरकारले ती ७१ अस्पतालमा मुटु, मिर्गौला,...

सम्बन्धित सामग्री

अब एसिड पीडितको यी चार अस्पतालमा निःशुल्क उपचार हुने

काठमाडौं, ८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले एसिड आक्रमण पीडितको उपचारको लागि निशुल्क उपचार हुने चार अस्पताल तोकेको छ । सरकारले काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल र कीर्तिपुरको अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको हो । देशका जुनसुकै स्थानका एसिड पीडितहरुले राजधानीका यी चार अस्पतालमा निशुल्क उपचार गर्न सक्ने मन्त्रालयले […]

डेंगु नियन्त्रण र सिटामोल पर्याप्त उपलब्ध गराउन नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघले डेंगु नियन्त्रण गर्न र सिटामोल पर्याप्त उपलब्ध गराउन माग गरेको छ। नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई उक्त मागसहित शनिबार ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले पारासिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, डेंगु रोगको निशुल्क उपचार गर्न, डेंगु परीक्षणको किट अभाव हुन नदिन र परीक्षण नि:शुल्क गर्न […]

लमजुङ अस्पतालमा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क उपचार

जिल्ला अस्पताल लमजुङको नवनियुक्त व्यवस्थापन समितिको पहिलो वैठकले जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निशुल्क उपचार प्रदान गर्ने निर्णय गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले अप्रेशन थिएटर सेवा सम्बन्धमा...

कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो १७ अस्पताल

सरकारले देशभरका विभिन्न १७ अस्पतालमा कोभिड–१९ को निशुल्क उपचार गर्ने भएको छ। त्यसका लागि सरकारले अस्पतालहरु तोकेको छ।

टेकु अस्पतालमा मंसिर २९ देखि इमरजेन्सी सेवामा निशुल्क उपचार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ । नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत  पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो । कोरोना भाइरसको तेस्रो लहरले […]

पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले सर्वाजनिक गरको वजेटमा यस्तो ब्यवस्था गरिएको वताए । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क ...

देशभरका ७६ अस्पतालबाट कोभिड संक्रमितको निशुल्क उपचार (सूचीसहित)

काठमाडौं । देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ । सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार हुनेछ भने अस्पतालाई निशुल्क उपचार...

चार वर्षमा २ लाख ८१ हजारको निशुल्क उपचार

प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल)मा भूकम्पपछिको ४ वर्षमा ३ लाख बढीले उपचार गराएका छन् । सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्र्तगत ४ वर्ष अघि सुरु भएको कार्यक्रम अन्र्तगत अस्पतालले विरामीको निशुल्क उपचार गर्दै आएको छ । नेपाल सरकार र न्याय हेल्थले संयक्त रुपमा ४ वर्ष अघिदेखि नमूनाको रुपमा सेवा दिदै आएको अस्पतालमा बहिरंग सेवामा २ लाख २८ हजार ३७ जना, आपत्कालिन रुपमा १९ हजार ३१० भर्ना भएर बसेका ७ हजार ९९० जनाको उपचार गराएका अस्पतालका डा. हिमशैल खड्काले जानकारी दिए ।

भरतपुर अस्पतालमा ९ हजार जनाले गराए निशुल्क उपचार

७ साउन, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा गत आर्थिक बर्षमा झण्डै ९ हजार बिरामीले निशुल्क उपचार गराएका छन् । आर्थिक वर्ष २०७५/७६ मा अस्पतालबाट ८ हजार ७ सय ९७ जनाले निशुल्क तथा आधा शुल्क तिरेर उपचार …