चार वर्षमा २ लाख ८१ हजारको निशुल्क उपचार

प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल)मा भूकम्पपछिको ४ वर्षमा ३ लाख बढीले उपचार गराएका छन् । सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्र्तगत ४ वर्ष अघि सुरु भएको कार्यक्रम अन्र्तगत अस्पतालले विरामीको निशुल्क उपचार गर्दै आएको छ । नेपाल सरकार र न्याय हेल्थले संयक्त रुपमा ४ वर्ष अघिदेखि नमूनाको रुपमा सेवा दिदै आएको अस्पतालमा बहिरंग सेवामा २ लाख २८ हजार ३७ जना, आपत्कालिन रुपमा १९ हजार ३१० भर्ना भएर बसेका ७ हजार ९९० जनाको उपचार गराएका अस्पतालका डा. हिमशैल खड्काले जानकारी दिए ।