अमेरिकामा पेट्रोलको औसत मूल्य यस वर्षको सुरुमा रुसले युक्रेनमा आक्रमण गर्नुअघिको मूल्यभन्दा पनि तल झरेको छ। फेब्रुअरी पछि पहिलो पटक पेट्रोलको मूल्य प्रति ग्यालन ३ डलर ५० सेन्टस भन्दा कम भएको हो । नियमित ग्यासको मूल्य अमेरिकामा प्रति ग्यालेन औषतमा ३ डलर ४७ सेन्टसमा झरेको छ । गत फेब्रुअरी २४ मा अमेरिकामा पेट्रोलको मूल्य प्रति […]
महिनौंपछि अमेरिकामा पेट्रोलको मूल्य ४ डलरभन्दा कम भएको छ । मार्चयता पहिलोपटक पेट्रोलको औषत मूल्य अमेरिकामा ४ डलरभन्दा कम भएको हो । बिहिबार पेट्रोलको मूल्य प्रतिग्यालेन ३ डलर ९९ सेन्टसमा झरेको छ । गत जुन महिनामा अमेरिकामा पेट्रोलको मूल्य औषतमा ५ डलर नाघेको थियो । त्यो यता मूल्य २१ प्रतिशतले घटेको छ । तरपनि गत […]
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटेपनि नेपाली बजारमा नघटाइएकोप्रति आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले पेट्रोलको मूल्य घटाउन माग गरेका हुन्।
उनले भने,...
नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा घटेर आएको छ। पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ। यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ...
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । जसअनुसार पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार अन्य इन्धनको मूल्य भने बढेको छ । डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले मूल्य बढेर आएको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य २७३ रुपैयाँ ३८ पैसाले बढेर आएक
एजेन्सी। भारतका छ वटा शहरमा पेट्रोलको मूल्य एक सय रुपैयाँ भारुभन्दा माथि पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा निरन्तर उकालो लाग्दा भारतमा पनि मूल्य आकासिएको हो। दिल्ली, मुम्बई, चेन्नई, कोलकाता, बेंगलुरु र भोपालमा पेट्रोलको मूल्य एकसय भारुभन्दा माथि पुगेको हो। यससँगै नेपालमा पनि पेट्रोलको मूल्य थप बढ्ने सम्भावना देखिएको छ। हाल प्रतिलिटर १२८रुपैयाँ कायम रहेको पेट्रोलको भाउ बढ्ने देखिएको छ।
काठमाडौं। नेपाल आयल निगमले डिजेल/पेट्रोलको मूल्य फेरि बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ११२ रुपैयाँ तोकिएको छ। निगमले भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको बताएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलर पुगेको छ।