नेपाल समाचारपत्र, हेटौंडा । लामो रस्साकस्सीपछि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । बजेटमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी र नेमकिपाका सांसद्ले राखेको खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । यसअघि विषयगत मन्त्रालयमा सांसद्हरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । […]