कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। पेश भएको २८ दिनसम्म विवादले प्रदेश सभा बैठक बस्न सकेको थिएन।
बुधबार प्रतिपक्षी दल र सरकारबीच १४ बुँदे सहमति भएपछि विवाद सुल्झिएको थियो। लगत्तैको प्रदेश सभा बैठकले बजेट बहुमतले पारित गरेको हो।