काठमाडौं, साउन ४ । ३५ किलोमीटर लामो जनकपुर–जयनगरको रेलवे ट्र्याक तथा गति (स्पीड) परीक्षण सफल भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रको उक्त रूटमा रेल सञ्चालनका लागि आइतवार गरिएको रेलवे ट्र्याकको संरचनाका साथै स्पीड परीक्षण सफल भएसँगै नेपालले गत असोज २ गते खरीद गरी पार्किङमा राखेका दुईओटा रेल सञ्चालनका लागि बाटो खुलेको छ । यद्यपि नियमित […]