मध्यमोदी जलविद्युत् : परीक्षण सफल, अब व्यावसायिक उत्पादन

पर्वत : मोदी खोलामा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि अब व्यावसायिकरूपमा उत्पादन थालिने भएको छ।२०७१ सालको मङ्सिरबाट मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण सुरु गरेको आयोजनाको काम आठ वर्षमा पूरा भएको हो। विद्युत् गृह प्रमुख प्रविन देसारका अनुसार निर्माण पूरा भएपछि गरिएको परीक्षण सफल भएकाले केही दिनमा नै व्यावसायिकरूपमा विद्युत् उत्पादन गर्न लागिएको हो। १८ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता रहेको आयोजनाले परीक्षणको समय तथा पुस महिनामा छ हजार १२७ किलोवाट उत्पादन

सम्बन्धित सामग्री

मध्यमोदी जलविद्युतकाे परीक्षण उत्पादन सफल

पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको हो । परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । विसं २०७१ मङ्सिरदेखि उक्त आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए। “तीन वर्षम