चुरे संरक्षणको माग गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार जनकपुरधामस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । विगत दुई सातादेखि रिले अनशन बस्दै आएका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।