मधेस प्रदेश सरकारविरुद्ध सडकमै सुतेर सुकुम्वासीहरूले प्रदर्शन गरेका छन् । आइतबार चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाइमा भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । सिराहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने, सुकुम्वासीको व्यवस्थापन हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै अभियानले विगत १२ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनशन आयोजना गरिरहेको छ । मधेस प्रदेश