म्याग्दी : नेपालीहरुको चाड दशैं सँघारमै आइपुगेको छ। देशका विभिन्न सहर र विदेशमा भएकाहरू आफ्नो गाउँ घरमा फर्किन सुरु गरिसकेका छन्। तर, सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगमा संचालित सडकहरूको अवस्था भने सुधार हुन नसक्दा सर्वसाधरणहरू सास्ती खेप्न बाध्य छन्।म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सातवटा सडकको अवस्था अत्यन्तै नाजुक र जीर्ण रहेको छ। वर्षाको समयमा आएको बाढी तथा पहिरो र मर्मत सम्भारको अभावमा सडकमै खोलो बग्ने गरेको छ। सडकमै पोखरी बन्ने गरेको छ।बेनी–अर