कार्यालय प्रमुखविहीन भएपछि एक महिनादेखि सेवा बन्द

बनेपा, १४ मङ्सिर: इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई कायममुकायम दिएको समयसीमा सकेपछि अरु कार्यालय प्रमुखको व्यवस्थापन नभएका कारण इलाका प्रशासन कार्यालबाट नागरिकतालगायतका सेवा दिने काम रोकिएको हो । जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धुलिखेलसम्म आएर नागरिकता बनाउन […]

सम्बन्धित सामग्री

भक्तपुरमा दर्ता भएको सहकारीको म्याग्दीमा शाखा खोलेर ठगी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको मुद्धामा प्रहरीले अनुसंधान अघि बढाएको छ । बेनी स्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरि बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ । बेनीको न्यूरोड स्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ । सहकारीका कर्मचारी र व्यवस्थापक चारमहिना यता सम्पर्क विहिन भएपछि बचतकर्ताहरुले बचत गरेको रकम ढुब्ने जोखिम बढेपछि प्रहरीमा उजुरी दिएका थिए । बचतकर्ताहरुले सहकारी ऐन सम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएकोमा सहकारी विभागको अनुसन्धान सम्बन्धी सिफारिस पत्र समेत सङ्लग्न गरी केन्द्रीय अनुसंधान ब्युरोबाट भएको परिपत्र बमोजिम असार १७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मुद्धा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक किरण लामाले जानकारी दिए । उनका अनुसार, कार्यालयमा अन्य बचत कर्ताहरुको समेत जाहेरी दरखास्त दर्ता गर्ने प्रक्रिया जारी रहेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिव शिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । शुरूवातमा बचतकर्ताहरुलाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत संकलन गरेको सहकारीले पाँच महिना अघि आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर सहकारीले आर्थिक कारोवार बन्द गरेको थियो । त्यसपछि सहकारी नै बन्द गरेर कर्मचारी र सञ्चालक सम्पर्क विहिन भएका हुन । सहकारी बन्द भएपछि बचतकर्ता पैसा ढुब्ने चिन्तामा छन् । एकवर्ष अघि न्यूरोडमा करिब ६ करोड रुपियाँमा ७ आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो । सहकारीले आकर्षक ब्याजको लोभ देखाएर बचतकर्ताबाट निक्षेप संकलन गरेको थियो । बचतकर्ता सेयरसदस्यको करिब साँढे ६ करोड रुपियाँ सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ । पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ताहरु निराश हुँदै फर्किन बाध्य भएका छन् । निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी विरुद्ध उजुरी परेको थियो ।

आयुर्वेद स्वास्थ्य केन्द्र पाँच महिनादेखि प्रमुखविहीन

जुम्ला– जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा स्वास्थ्य सेवा प्रवाह तथा प्रशासनिक काम प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस ६ गतेदेखि विना कागजात सरुवा भएको भन्दै जाजरकोट गएसंँगै हालसम्म अर्को कार्यालय प्रमुख नआउँदा दैनिक स्वास्थ्य सेवा ठप्प भएका हो ।पाँच महिनासम्म कार्यालय प्रमुखविहीन भएपछि हालसम्म कार्यालयको वित्तीय खर्च […]

एक महिनादेखि प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या

डोटी– जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। जिल्लामा अहिले एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न भएको छ। यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो। प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि अहिले निमित्त प्रमुख जिल्ला […]

तनहुँमा खुले सरकारी कार्यालय

तनहुँ । कोरोना कहर र निषेधाज्ञाका कारण दुई महिनादेखि बन्द सरकारी कार्यालयका सेवा आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी भएपछि सरकारी कार्यालयले आन्तरिक सेवाबाहेकका कार्य स्थगन गरेका थिए ।