एक महिनादेखि प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या

डोटी– जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। जिल्लामा अहिले एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न भएको छ। यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो। प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि अहिले निमित्त प्रमुख जिल्ला […]

सम्बन्धित सामग्री

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

काठमाडौँ,२० जेठ । लमजुङ बेँसीसहर नगरपालिका वडा नं ७ मा रहेको राष्ट्रिय वाणिज्य बैंक बेँसीशहर शाखामा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । करिब चार महिनादेखि दरबन्दीअनुसार कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भइरहेको हो । पाँच मिनेटमा हुने कामसमेत कर्मचारी अभावका कारण सेवाग्राही घण्टाँै लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । सेवाग्राहीलाई मात्र नभई […]

बीमा रकम निकासा नहुँदा सकसमा कोशी अस्पताल‚ बोर्ड भन्छ : अस्पतालले दाबी गरेको छैन

विराटनगर : स्वास्थ्य बीमा बोर्डले कोशी अस्पतालले उपचार गरेको बीमा बापतको रकम ९ महिनादेखि निकास नगर्दा सेवा प्रवाहमा समस्या भएको छ।१७ करोडभन्दा बढी रकम सरकारले भुक्तानी नगर्दा सेवा प्रवाहमा सकस भएको अस्पतालले जनाएको छ।स्वास्थ्य बीमामार्फत उपचार गरेको विरामीको चालु आर्थिक वर्षको असार मसान्तदेखि माघ २३ गतेसम्म १७ करोड रुपैयाँ बोर्डबाट पाउन बाँकी रहेको अस्पतालका लेखा प्रमुख राजेन्द्र सुवेदीले जानकारी दिए।उनका अनुसार असार मसान्तसम्म ४ करोड ३० लाख ९५ हजार ९११ रुपैयाँ स्वास्थ्य बीमाबापतको कोशीमा उ

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरे

एक चिकित्सकको भरमा जाजरकोट अस्पताल

जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० शैयामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ । शल्यक्रिया सेवा, विशेषज्ञ सेवालगायतका दर्जन बढी सेवा प्रवाह गर्ने भनिए पनि अहिले जिल्लावासीले सामान्य सेवा नपाउँदा दैनिक पीडा…