भक्तपुरमा दर्ता भएको सहकारीको म्याग्दीमा शाखा खोलेर ठगी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको मुद्धामा प्रहरीले अनुसंधान अघि बढाएको छ । बेनी स्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरि बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ । बेनीको न्यूरोड स्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ । सहकारीका कर्मचारी र व्यवस्थापक चारमहिना यता सम्पर्क विहिन भएपछि बचतकर्ताहरुले बचत गरेको रकम ढुब्ने जोखिम बढेपछि प्रहरीमा उजुरी दिएका थिए । बचतकर्ताहरुले सहकारी ऐन सम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएकोमा सहकारी विभागको अनुसन्धान सम्बन्धी सिफारिस पत्र समेत सङ्लग्न गरी केन्द्रीय अनुसंधान ब्युरोबाट भएको परिपत्र बमोजिम असार १७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मुद्धा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक किरण लामाले जानकारी दिए । उनका अनुसार, कार्यालयमा अन्य बचत कर्ताहरुको समेत जाहेरी दरखास्त दर्ता गर्ने प्रक्रिया जारी रहेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिव शिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । शुरूवातमा बचतकर्ताहरुलाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत संकलन गरेको सहकारीले पाँच महिना अघि आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर सहकारीले आर्थिक कारोवार बन्द गरेको थियो । त्यसपछि सहकारी नै बन्द गरेर कर्मचारी र सञ्चालक सम्पर्क विहिन भएका हुन । सहकारी बन्द भएपछि बचतकर्ता पैसा ढुब्ने चिन्तामा छन् । एकवर्ष अघि न्यूरोडमा करिब ६ करोड रुपियाँमा ७ आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो । सहकारीले आकर्षक ब्याजको लोभ देखाएर बचतकर्ताबाट निक्षेप संकलन गरेको थियो । बचतकर्ता सेयरसदस्यको करिब साँढे ६ करोड रुपियाँ सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ । पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ताहरु निराश हुँदै फर्किन बाध्य भएका छन् । निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी विरुद्ध उजुरी परेको थियो ।  

सम्बन्धित सामग्री

नेपालगञ्ज उपमहानगरले थाल्यो सहकारीको अनुगमन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियानअन्तर्गत अनुगमन थालेको छ। सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन थालेको हो। सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गर्न सुरु गरेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताए। सहकारी शाखाले अनुगमन गर्नुअघि यसै आर्थिक वर्षमा वित्तीय सुशासन कायम गराउन सात दिने लेखा […]

शिवशिखरका सञ्चालक शर्मासहित ४ जना कञ्चनपुरको हिरासतमा

२४ मंसिर, धनगढी । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य सञ्चालक केदारनाथ शर्मासहितका चार जनालाई ठगी मुद्दामा अनुसन्धान गर्न कञ्चनपुर ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले सहकारीको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुको उजुरीका आधारमा अनुसन्धानका लागि उनीहरुलाई कञ्चनपुर ल्याइएको जानकारी दिए । उनका अनुसार मुख्य सञ्चालक शर्मा, […]

सहकारीमा बेथिति बढ्दै, बचतकर्ताको करोडौँ रकम जोखिममा

काठमाडौंमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर कार्यालय बन्द गरेको छ। बुटवल उपमहानगरपालिका १० योगिकुटीमा सहकारीको शाखा कार्यालय छ।...

सहकारी एक महिनादेखि बन्द रहँदा बचतकर्ता मारमा

दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।सहकारीको शाखा कार्यालयमा  बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्र

हब कोअपरेटिभको पाँचौं शाखा भरतपुरमा

९ साउन, चितवन । हब कोअपरेटिभ सर्भिस लिमिटेडको शाखा चितवनको भरतपुरमा आजदेखि सन्चालनमा आएको छ । एयरपोर्ट लाइनमा खोलिएको शाखाको भरतपुर महानगरपालिका वडा नं.१० का अध्यक्ष परमेश्वर खनालले उदघाटन गरे । सहकारीको मूल्य, मान्यता, नीति, विधि र प्रविधिको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र विश्वसनीय र प्रविधिमैत्री […]

सुर्खेतको मयलकुनामा गार्डेन मार्टको शाखा सञ्चालन

सुर्खेत– शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट ८ मेहलकुनामा सहकारीको २७औं शाखा तथा गार्डेन मार्टको १८औं शाखा सञ्चालनमा ल्याएको छ ।गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र उपप्रमुख मैना विकले संयुक्त रुपमा शाखा सञ्चालनको शुभारम्भ गरे । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने र सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सहकारी र […]

मैत्रीय सहकारीको १४औं साधारणसभा सम्पन्न

काठमाडौं,(नेस) । मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न भएको छ । प्रमुख अतिथि सूर्यविनायक नगरपालिका भक्तपुरका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारी क्षेत्रको जगेर्ना गर्न सके आमजनताको जीवनस्तर उकास्न सहज हुने धारणा राख्नुभयो । संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले सहकारी संस्थाहरूबीचको अस्वस्थ प्रतिस्पर्धाबाट टाढै रही मितव्ययिता, पारदर्शिता, कानुनको पालना र संस्थागत सुशासनको लागि […]

गाउँ–गाउँमा सहकारीको शाखा विस्तार

संघीयताअनुसार म्याग्दीको ग्रामीण भेगका जनतालाई लक्षित गरेर सदरमुकाम केन्द्रित सहकारीले पालिकाको केन्द्रमा सहकारी शाखा विस्तारलाई तीव्रता दिएका छ । सदरमुकाम बेनीबाट सेवा दिँदै आएका बैंक तथा सहकारीले पालिकाको केन्द्र शाखा विस्तार गरेर सदरमुकामको सेवा गाउँगाउँमा पुर्याएका छन् ।गाउँपालिकाको केन्द्र चहलपहल बढ्दै गएपछि पछिल्लो समय बैंकसँगै सहकारीका शाखा पुग्न थालेका छन् । सरकारले सहकारी नीतिमा परिवर्तन […]

लालीगुराँस सहकारीको नयाँ शाखा काउन्टर सूर्यविनायकमा

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको छैटौैं सदस्य सुविधा काउन्टर भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा खुलेको छ ।संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले सो काउन्टरको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशकै ठूलो सहकारीको रुपमा चिनाउन र सेवाग्राहीलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको जानकारी दिए ।संस्थाले यसअघि संस्थाको ललितपुर चापागाउँ, काठमाडौंको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार […]

गाउँ–गाउँमा सहकारीको शाखा विस्तार

म्याग्दी – संघीयताअनुसार म्याग्दीको ग्रामीण भेगका जनतालाई लक्षित गरेर सदरमुकाम केन्द्रित सहकारीले पालिकाको केन्द्रमा सहकारी शाखा विस्तारलाई तीव्रता दिएका छ । सदरमुकाम बेनीबाट सेवा दिँदै आएका बैंक तथा सहकारीले पालिकाको केन्द्र शाखा विस्तार गरेर सदरमुकामको सेवा गाउँ–गाउँमा पु-याएका छन् ।गाउँपालिकाको केन्द्र चहलपहल बढ्दै गएपछि पछिल्लो समय बैंकसँगै सहकारीका शाखा पुग्न थालेका छन् । सरकारले सहकारी […]