गुल्मी – गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । रेसुंगा नगरपालिका ८ अन्तर्गत गुल्मी जिल्ला अदालतमा आज आइतवार कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश वसन्तराज पौडेलले जिल्लामा रहेकाे राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, सञ्चारकर्मीलगायतको रोहबरमा कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको ...