लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।कार्यालय स्थापनासँगै विधिवतरुपमा राष्ट्रियसभाको निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दा