मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोलखा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दोलखाको चरिकोटमा रहेको पुरानो प्रयोग विहिन सरकारी भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।उक्त निर्वाचनको लागि जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बोर्ड राखेर कार्यालय स्थापना गर्दै जिल्लामा विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए ।उनले लोकतन्त्रको सवलिक