चितवन : बहुप्रतिक्षित हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी विद्युत प्रसारण लाइन आयोजनाको आँपटारीस्थित १३२ केभी विद्युत सवस्टेशनको निर्माण कार्य सम्पन्न भएको छ।दमौली र मस्र्याङदीबाट आएको सर्किटलाई शुक्रबार सवस्टेशनमा जोडेर चार्ज गरिएको हो। मर्स्याङदीबाट ५० मेगावाट भन्दा बढी विद्युत आँपटारीस्थित न्यू भरतपुर सवस्टेशनमा आउने छ। त्यसलाई हाल १३२ केभीमा चार्ज गरिएको हो।विश्व बैंक र नेपाल विद्युत प्राधिकरणको गरी ६३ करोड ७३ हजार चार सय ५६ रूपैयाँ लागतमा सवस्टेशन निर्माण भएको हो। सवस्टेशनको निर्माण