पत्रकार आस्थाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

गण्डकी, २१ कात्तिक । वरिष्ठ सञ्चारकर्मी एमबी आस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन्। पोखरा–१४ बाच्छेवुडुवामा अवस्थित वात्सायन वृद्धाश्रममा हाल १६ वृद्धा आश्रित छन् । उक्त अवसरमा कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक जनक बस्नेतले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु सबैको दायित्व भएको र आगामी दिनमा आफ्नोतर्फबाटसमेत सहयोग […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

काठमाडौँ – सिटिजन्स बैंकले मोरङकाे महिला जागृती तथा वृद्धा आश्रमलाई ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न सामाग्री सहयोग गरेको छ। बैकंले बिहीबार मोरङको बुढीगंगा गाँउपालिका–१, पुष्पलाल चोकमा अवस्थित आश्रमलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु सहयोग गरेको हो। विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको वृद्धाश्रमलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। […]

अजोड इन्स्योरेन्सद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

अजोड इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कामना सेवा बैंक ठमेलद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको सोर्‍हखुट्टेस्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा सञ्चालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छ। उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो। बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ। आगामी दिनहरुमा समेत […]

कामना सेवाको ठमेल शाखाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा काठमाडौं जिल्लाको सो¥हखुट्टे स्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ । बैंकको ठमेल शाखाले  सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रमलाई खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको हो ।उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो । बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जनाएको छ ।

प्रवासबाट धनकुटाका ५० परिवारलाई खाद्यान्न सहयोग

असार ३, धनकुटा । धजकुटा नगरपालिका–३ का ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे सहित प्रवासमा रहेका त्यस ठाउँका बासिन्दाहरुको समूहले खाद्यान्न सहयोग गरेको हो ।  वडाध्यक्ष घिमिरेको नेतृत्वमा सुरेश याक्सो हङकङ, कुमार श्रेष्ठ झापा, चित्र घिमिरे अष्ट्रेलया, रामचन्द्र घिमिरे अष्टे«लिया, त्रिलोचन खतिवडा अमेरिकाबाट संकलित रकमले ५० घरपरिवारलाई चामल, दाल, तेल र नुनलगायतका सामग्री सहयोग गरेका हुन् । वडा नं. ३ का अतिविपन्न परिवारलाई सहयोग गरिएको वडाध्यक्ष घिमिरेले बताए ।  दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्दै आएकालाई निषेधाज्ञाको कारणले काममा जान नपाएपछि खानेकुराको समस्या भएको बेला पाएको सहयोगले निकै राहत महशुस भएको स्थानीय कमला राईले बताइन् । कोभिडको कारण दैनिक काममा जान नपाएर खानको समस्या भएकालाई राहत वितरण गरिएको र अन्य त्यस्ता परिवारको खोजी गरेर राहत वितरण गरिने वडाध्यक्ष घिमिरेले बताए ।  कोरोना संक्रमणको अवस्था दैनिक बढी रहेकाले प्रवासमा रहेर पनि केही  सहयोग गरौं भनेर हालसम्म संकलित रकमले खाद्यान्न खरीद गरी वितरण गरिएको अमेरिकामा रहेका त्रिलोचन खतिवडाले बताए । उनले आफूले विश्रान्ति वृद्धाश्रमलाई व्यक्तिगत २५ हजार सहयोग गर्ने योजनामा रहेको र धनकुटामा रहेका अग्रपंतिमा रहेर कोरोना नियन्त्रणमा खटिएका मानिसलाई केही दिनमै स्वास्थ्य सामग्री वितरण गर्ने तयारीमा रहेको जानकारी दिए । खतिवडाले अहिले पनि प्रवासबाट रकम संकलनको काम भइरहेकाले यसपछि संकलित रकमबाट पुनः सहयोग गरिने जानकारी दिए ।