कामना सेवा बैंक ठमेलद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको सोर्‍हखुट्टेस्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा सञ्चालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छ। उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो। बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ। आगामी दिनहरुमा समेत […]

सम्बन्धित सामग्री

कामना सेवा बैंक र मनकामना अस्पतालबीच सम्झौता

भरतपुर–  कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले भरतपुर महानगरपालिकाको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पी.डी. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टी. शुल्क, सी.टी.स्क्यान, आई.सी.यु, लगायत एन.आई.सी.यु, एच.डी.यु/नर्सरी सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । अस्पतालले […]

कामना सेवा बैंक र खबर एक्सप्रेसबीच सम्झौता

काठमाडौं, २० असार । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धी सम्झौता गरेको छ । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच गत शुक्रबार एक कार्यक्रममा सम्झौता सम्पन्न भएको हो । सम्झौता पश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा […]

क्रेडिट कार्ड शुरू गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा बैंक

कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रेडिट कार्ड सेवा सुचारु गर्ने कामना सेवा नेपालकै पहिलो विकास बैँक हो । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रूपमा क्रेडिट कार्डसेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत लगायतको उपस्थिति रहेको थियो । पोइन्ट अफ सेलमार्फत...

कामना सेवा बैंक र अन्तर प्रेरणाको सहकार्यमा ‘उद्यमशीलता विकास कार्यक्रम’ सम्पन्न

कामना सेवा बैंक र अन्तर प्रेरणाको सहकार्यमा ‘उद्यमशीलता विकास कार्यक्रम’ सम्पन्न भएको छ । उद्यमशीलता विकास र प्रवद्र्धनका लागि भर्चुअल माध्यमबाट पाँचदिने कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । आइतबारदेखि बिहीबारसम्म आयोजित कार्यक्रममा उद्यमीहरूसहित उद्यमी बन्न चाहाने १६ जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागीहरूले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा करसम्बन्धी जानकारीहरू प्राप्त गर्नाका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत व्यवसाय

कामना सेवा बैंकद्वारा १९.४७ % लाभांश घोषणा

असोज ८, काठमाडौं । कामना सेवा बैंक लिमिटेडले  गत वर्षको सञ्चित नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/ ७८ को सञ्चित नाफाबाट १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले यस वर्ष १८ दशमलव ५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य  दशमलव ९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  हाल कम्पनीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ रुपैयाँ चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा  कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

चन्द्रपुर  नगरपालिकामा  आलोपालो गरी बैंक तथा वित्तीय संस्था खुल्ने

जेठ २, रौतहट । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषधाज्ञा लागू गरिएपछि चन्द्रपुर नगरपालिकाले बैंक तथा वित्तीय संस्था आलोपालो गरेर खोल्न निर्देशन दिएको छ । चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रका २४ ओटा वाणिज्य, विकास बैंक र वित्त कम्पनीलाईलाई आलोपालो गरी कार्यालय खोल्न भनेको हो । नगरपालिकाले  सार्वजनिक गरेको तालिका अनुसार आइतवार, मंगलवार तथा बिहीवार नेपाल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, लुम्विनी विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, राष्टिय वाणिज्य बैंक तथा माछापुच्छ्रे बैंक खुला रहने छन् । त्यसैगरी सोमवार, बुधवार र शुक्रवार भने नेपाल एसविआई बैंक, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिभिल बैंक, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा बैंक र गृहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइन्स खुला रहने छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उच्च सर्तकताका साथ विहान १० बजेदेखि दिउँसो २ बजे सम्म कोरोबार गर्न भनिएको चन्द्रपुर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले आलोपालो गरी बैक तथा वित्तीय संस्था खुला राख्न सर्वपक्षिय बैठकको निर्णय भएको उनले बताए ।