कामना सेवाको ठमेल शाखाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा काठमाडौं जिल्लाको सो¥हखुट्टे स्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ । बैंकको ठमेल शाखाले  सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रमलाई खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको हो ।उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो । बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जनाएको छ ।