सुर्खेतको वीरेन्द्रनगर–३, मा रहेको प्रशान्ति वृद्धाश्रमलाई नेपाली सेनाले निःशुल्क स्वास्थ्य जाँचसँगै खाद्यान्न सहयोग गरेको छ । शनिबार नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर तथा यसअन्तर्गतका युनिटबाट सङ्कलित खाद्य सामग्री राहतस्वरुप आश्रमलाई हस्तान्तरण गरिएको हो ।