तीन वर्षसम्म सम्पन्न हुन सकेन ब्लक 'ए' स्तरोन्नतीको काम

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भएपनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।

सम्बन्धित सामग्री

अघि बढ्न सकेन देवघाटमा त्रिकोणात्मक पुलको काम

चितवन । धार्मिक एवं पर्यटकीय क्षेत्र देवघाटमा तीन जिल्ला जोड्नेगरी निर्माण गर्ने भनिएको त्रिकोणात्मक पुलको काम अझै अघि बढ्न सकेको छैन । तनहुँ, नवलपुर र चितवनलाई जोड्नेगरी बनाइने त्रिकोणात्मक पुलको काम हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा मात्र सीमित छ । देवघाट क्षेत्र विकास समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्नेगरी २०७३ सालमा त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको थियो । तर बजेट अभावले योजनाको काम शुरू हुन नसकेको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले उक्त पुल निर्माणमा बजेट नै नपरेको बताए । पुलको निर्माण लागत ८२ करोड रुपैयाँ रहने बताइएको छ । यसअघि संघीय सरकारले त्रिकोणात्मक पुल निर्माणका लागि २० लाख रुपैयाँ बजेट दिएको थियो । ‘२० लाख बजेटले के गर्न सकिन्छ र ? ८२ करोडको योजना छ, कुनै काम अघि नबढेपछि रकम फ्रिज भएर गयो,’ अधिकारीले भने । सरकारले पहिलो चरणमा १० करोड बजेट पारे पुलको शिलान्यास गरेर काम शुरू गर्न सकिने उनले बताए । ‘पुलको डिजाइन भइसकेको छ, डीपीआर पूरा भएको छ तर बजेट अभावले काम अघि बढेको छैन,’ उनले भने । चितवन र तनहुँ जोड्नेगरी त्रिशूलीमाथि रहेको अहिलेको झोलुंगे पुल जीर्ण हुँदै गएको छ । देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पनि त्रिकोणात्मक पुल आवश्यक रहेको अधिकारीको भनाइ छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले योजना परे पनि बजेट नपर्दा पुल निर्माण अलपत्र परेको बताए । ‘२०७३ सालमै पुल निर्माण प्रक्रिया अघि बढाइएको हो । तर यसमा न सरकारले चासो देखायो, न त प्राथमिकतामै पर्‍यो,’ उनले भने । पूर्वअध्यक्ष पौडेल हाल त्रिकोणात्मक पुल कार्यान्वयन उपसमितिको संयोजक समेत हुन् । संघीय सरकारले बजेट विनियोजन नगरी निर्माण सम्पन्न हुन नसक्ने उनले बताए । देवघाटमा त्रिकोणात्मक पुल निर्माण भए धार्मिक पर्यटन प्रर्वद्धन तथा स्थानीयको आयआर्जन समेत बढ्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरूमैै बोलपत्र आह्वान गर्न सकिने देवघाट क्षेत्र विकास समितिले बताएको छ । डिजाइन अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फको लम्बाइ समान १९० मिटर छ । चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ । पुल २ दशमलव ४ मिटर फराकिलो हुन्छ । पुलमा आकर्षक र उच्चस्तरीय स्टीलको प्रयोग हुने बताइएको छ ।

स्मार्ट सिटी तीन वर्षसम्म अधुरै

स्मार्ट सिटीअन्तर्गत टीकापुर नगरपालिका ‘ब्लक ए’ को स्तरोन्नति तीन वर्षसम्म सम्पन्न हुन सकेन। डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भए पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।...

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवा सङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित  धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए ।उनले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाए । अगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुप

आठ वर्षसम्म हुन सकेन नयाँ शहरको काम

सुर्खेत :  काम नगरिँदा आठ वर्षदेखि नयाँ शहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन बाँझै रहेको छ।‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै रहन गएको हो।नयाँ शहर आयोजनाअन्तर्गत रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो।नयाँ शहर आयोजना कार्यालयले असारमै सम्पन्न गरिसक्नुपर्ने डीपीआर जिम्मेवार निकायको ढिलास

चुनावमा पनि काम गर्नुपर्दा जनक शिक्षाले समयमै पुस्तक छाप्न सकेन : शिक्षामन्त्री

काठमाण्डाै – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पाैडेलले पालिका चुनावका कारण समयमै पुस्तक छाप्न नसकेकाे दाबी गर्नुभएकाे छ । आज मङ्गलवार प्रतिनिधि सभाकाे बैठकमा सांसदले साेधेका प्रश्नकाे जवाफ दिँदै मन्त्री पाैडेलले वैशाख ३० मा सम्पन्न पालिका चुनावका लागि जनक शिक्षाका कर्मचारीले पनि काम गर्न परेकाे हुँदा पुस्तक छपाइमा ढिलाइ भएकाे हाे ।  काेभिड–१९ र रुस–युक्रेन युद्धका कारण पनि समयमै पुस्तक छाप्न नसकेकाे उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे, काेभिड–१९ का कारणबाट शैक्षिक सत्र २०७८ मा...

मुग्लिन-नारायणगढ सडकमा अझै पुल बन्न सकेन

चितवन। मुग्लिन–नारायणगढ सडकखण्डमा नयाँ पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन । सडकको स्तरोउन्नतीपछि पनि पुराना पुलहरु पुरै विस्थापित नहुँदा यात्रामा जोखिम बढेको छ । यो सडक खण्डमा १५ वटा पक्की पुल निर्माणको कार्य भईरहे पनि कहिलेसम्म काम सम्पन्न हुन्छ भन्ने टुंगो छैन । सडक आयोजनाका इन्जिनियर दीपिका घोरासैनीले प्याकेज १ र प्याकेज २ […]

चोभारको सुक्खा बन्दरगाह अझै सञ्चालनमा आउन सकेन

उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन । सुक्खा बन्दरगाह निर्माण पाँच महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण सम्पन्नसँगै मन्त्रालयको तर्फबाट गरिनुपर्ने सबै काम सम्पन्न भएको जनाउँदै सञ्चालन हुन नसक्नुको दोष अर्थ मन्त्रालयलाई लगाएको छ ।वाणिज्यले बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टिन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएक

निर्माण सुरु भएको सात वर्ष वितिसक्दा बन्न सकेन जयवागेश्वरी स्वास्थ्यचौकीको भवन

भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको तर सातवर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको सो स्वास्थ्यचौकी कार्यालयले जनाएको छ।

कोरोना कहरले जनअपेक्षाअनुरूप काम हुन सकेन

खुमलाल भूषाल, भीरकोट नगरपालिका, स्याङ्जा । संघीय संरचनामा स्थानीय तहलाई अधिकार सम्पन्न सरकार मानिएको छ । कुनै पनि स्थानीय तहमा स्थापित हुने संरचनाको काम कारबाही एवं स्थायित्वमा प्रशासकीय अधिकृतको प्रमुख भूमिका हुन्छ । तर, कर्मचारीको अस्थिरताले विकासका काममा समेत असर पुर्‍याउने गर्छ । स्थानीयस्तरको विकासमा कर्मचारीको अस्थिरताले असर पुर्‍याएको हामीले देख्दै र सुन्दै आइरहेका छौं […]

२०७८ सालमा सम्पन्न हुन लागेका केही महत्त्वपूर्ण काम

नयाँ वर्ष २०७८ साल सुरु भएको छ । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै देशलाई प्रगति र उन्नतितर्फ अग्रसर गराउनका लागि पहल गर्ने बताउनुभयो । अघिल्लो वर्षको नयाँ वर्षमा पनि उहाँले यस्तै सम्बोधन र शुभकामना दिनुभएको थियो । तर वर्ष २०७७ प्रधानमन्त्रीले भन्नुभएजस्तो त्यति फलदायी हुन सकेन । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका दृष्टिले विभिन्न उल्झनमै बित्यो । कोरोना महामारीले देश निक्कै आक्रान्त बन्यो । तर पनि विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झना...